जनता टाइम्स

२१ माघ २०७७, बुधबार १८:०९

प्रधानमन्त्री ओलीको जनसभामा आउने जनता रोक्न प्रचण्ड–माघव गुटले नेपाल बन्द गरेको खुलासा


काठमाडौं, माघ २१

प्रधानमन्त्री केपी शर्मा ओली पक्षको जनसभामा देशभरी देखिएको शक्तिबाट अत्तालिएको प्रचण्ड–नेपाल समुहले जनताको उपस्थिति रोक्न नेपाल बन्दको आव्हान गरेको छ । जनस्तरबाट ब्यापक विरोध भएपनि ओलीको आमसभामा बाक्लो उपस्थिति हुने पूर्वानुमान पाएको सो समुहले बन्दको आव्हान गरेको हो ।

२३ गते हुने शक्ति प्रदर्शनको तयारीस्वरूप राजधानीमा आज युवा संघ र अनेरास्ववियूले संयुक्त रूपमा गरेको मोटरसाइकल र्‍यालीले ठुलो सहभागीता हुने स्वरुप देखिसकेको छ । सो समुहका एक नेताले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीको आमसभामा ठुलो उपस्थित हुने देखेपछि त्यसलाई रोक्न एक्कासी बन्दको आव्हान गरिएको जानकारी दिनुभयो ।

आफ्नो पक्षको आन्दोलनमा सहभागीता नभएपछि पटक पटक कांग्रेस र जसपालाई गुहारिरहेको सो समुहले अब बन्द कै आव्हान गरेको हो । शुक्रबार हुने जनसभामा ठुलो संख्यामा विहिवार उपत्यका बाहिरबाट आउनेको योजना रहेको थियो । बागमति प्रदेशको सभा भएकाले उपत्यका बाहिरका जिल्लाका मानिसहरु काठमाडौं आउने क्रम जारी रहेको छ । जनसभामा दुई लाख बढि उपस्थिति गराउने ओली पक्षीय नेकपाको योजना रहेको छ ।