काठमाडौं, माघ २२ । पार्टी बिधान र संबिधानबिरुद्ध नेतृत्व कू गर्न नसकेपछि आफ्नो पदका लागि जनता भडकाउँदै हिडनुभएका नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहयोग परियोजना एमसिसीबिरुद्ध नारावाजी रोक्नुभएको छ । नेपाल बन्दको अवसरमा आफ्नै अगाडि कार्यकर्ताले एमसिसी चाहिँदैन भन्दै नारावाजी गरेपछि प्रचण्डले हस्तक्षेप गरेर सो नारा लगाउनबाट रोक्नुभएको हो ।
आमहड्तालमा सफल पारौं भन्दै गाडी चढेर पुल्चोक पुग्नुभएका प्रचण्डले त्यहाँ केहीबेर नाराबाजी गर्नुभएको थियो । कार्यकर्ताले नारा लगाउने क्रममा अमेरिकी परियोजना एमसिसीविरूद्ध नारा लगाएका थिए। तर प्रचण्डले तत्कालै त्यो नारा रोक्न लगाउनु भएको हो ।
कार्यकर्ताले ‘एमसिसी चाहिँदैन’ भन्दै गर्दा प्रचण्डले हातले संकेत गरेर नारा नलगाउन भन्नुभएको थियो । त्यसपछि उहाँले छेउमै रहनुभएकी सो समुहकी नेतृ पम्फा भुसाललाई नारा रोक्न निर्देशन दिनुभएको थियो । प्रचण्डको निर्देशन लगत्तै एमसिसीविरूद्ध नारा लाग्न छोडेको थियो। यो घटनासँगै प्रचण्डले आफ्नो कुर्सीका लागि एमसिसीबिरुद्ध पार्टीभित्र अभियान चलाएको पुष्टि भएको छ ।
नेकपाभित्रको विवादकै कारण एमसिसी परियोजना अघि बढ्न सकेको छैन। एमसिसीलाई परिमार्जन गरेरमात्रै पारित गर्नुपर्ने पक्षमा आफू रहेको प्रचण्डको भनाई छ । अमेरिकी राजदुतसँग भने आफू एमसिसीको पक्षमै रहेको पटक पटक प्रष्टिकरण दिइसक्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्