काठमाडौं, माघ २२
पदका लागि नेपाली जनतालाई दुःख दिएका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको विहिवारको चर्तिकला देखेर आम सर्वसाधारण चकित बनेका छन् । बन्दकर्ताका नाइकेद्वय प्रचण्ड र नेपाल विहिवार दिनभर गाडीमा सयर गर्नुभएको छ ।
बन्द कस्तो भएछ भने दिनभर प्रचण्ड प्राडो र नेपाल स्कुटरमा निरिक्षणमा निस्कनु भएको हो । ठाउँ ठाउँमा चिउरा समेत खादै नारा लगाउदै हिड्नु भएका उहाँ एमसीसीको भने विरोध गर्न सक्नु भएन् । नेता कार्यकर्ताले एमसीसीविरुद्ध नारा लगाएपछि प्रचण्डले त्यस्तो नारा नलगाउन चेतावनी दिनुभयो ।
नाइकेद्वय गाडीमा चढेर सयर गरिरहेका बेला गरिखाने आम मजदूरको भने विहानै ट्याक्सीमा आगजनी गरिदिएका छन् । जनताका पक्षमा बोलेर मात्र कहिले नथाक्ने भिम रावलले नेतृत्व गरेको गोगंबु क्षेत्रमा ट्याक्सीमा आगजनी गरेर सो समुहले बन्दको उद्घाटन गरेको थियो । त्यसपछि दिनभर नै आम सर्वसाधारणलाई हिड्डुल गर्न प्रतिवन्ध गरेको, मिडियाकर्मीलाई आफ्नो पक्षमा समाचार नलेखेको भन्दै हातपात गरेका दृश्य सामाजिक सञ्जालमा पनि प्रसशस्त देखिएका छन् ।













प्रतिक्रिया दिनुहोस्