जनता टाइम्स

२८ माघ २०७७, बुधबार १७:४४

रामकुमारी झाँक्रीको सार्वजनिक घोषणा : पदमा रहेकी महिलाको चरित्रहत्या गर्न पाइन्छ


काठमाडौं, माघ २८ । नेकपा –प्रचण्ड–माधव समुहकी नेतृ रामकुमारी झाँक्रीले शीर्ष नेताकै सामू पदमा पुगेकी महिलाको चरित्रहत्या गर्न पाइने घोषणा गर्नुभएको छ ।

कुर्सीका लागि गरिएको बखेडाको फल नमिलेपछि सडक आन्दोलनमा उत्रिएको सो समुहले आज काठमाडौंमा देशभरबाट जम्मा गरेको नेता कार्यकर्ताको सभामा बोल्दै नेतृ झाँक्रीले राष्ट्रपति बिद्यादेवी भण्डारीको चत्रिरहत्या गरेको बिषय जायज भन्दै पदमा पुगेको जोकोही महिलालाई जथाभावी भन्न, लेख्न र बोलेर चरित्रहत्या गर्न पाइने घोषणा गर्नुभएको हो ।

‘कस्ले भन्यो रायष्ट्रपतिबिरुद्ध बोल्दा महिला अस्मिता मिचियो भनेर ? पदमा पुगेको महिलाबिरुद्ध बोल्न पाइन्छ, बोल्नकै लागि गणतन्त्र ल्याइएको हो, बोलिरहन्छु,’ प्रचण्ड र माधवलाई साँक्षी राखेर सभामा झाँक्रीले भन्नुभयो । यसअघि उहाँले गोरखामा आयोजित सभामा राष्ट्रपतिको सार्वजनिक चरित्रहत्या गर्नुभएको थियो । एकल महिलासमेत रहनुभएकी राष्ट्रपतिलाई अर्काको घरमा जान भन्दै झाँक्रीले महिला अस्मितामाथि खेलवाड गर्नुभएको थियो ।

आजको सभामा सो कुरा सही भन्दै अव पदमा बस्ने महिलालाई चरित्रहत्या गर्न पाइने आफ्नो निश्कर्ष सुनाउँदै आफ्नो चरित्रहत्या गर्न पनि खुला निम्तो दिनुभएको छ । आजको सभामा नेतृ झाँक्रीले सम्बोधन गर्न आउँदा मञ्चमै आफूले लगाएको बाहिरी बस्त्र खोल्नुभएको थियो ।