बुटवल, फागुन १
नेकपा ओली समुहका इन्चार्ज लेखराज भट्टले लिपुलेक, लिम्पियाधुरा र कालापानी प्रधानमन्त्री ओलीको पहलमा फिर्ता ल्याउन सम्भब भएको बताउनुभएको छ । बुटवलमा ओली समुह नेकपाको भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
‘बिगतमा ३/३ जना प्रधानमन्त्री भएकाहरुलाई पटक–पटक अनुरोध गर्यौ तर कसैले त्यो भु–भाग फिर्ता लयाउन सकेनन्, मन्त्री भट्टले भन्नुभयो,‘अहिले ति भु–भागमा नेपाल सरकारको उपस्थिती रहेको छ । त्यँहा सुरक्षाकर्मीको उपस्थिती रहेको छ, हिजोको दिनमा कसैले यो कदम चालेनन् ।’ प्रचण्ड–माधव समूहले लोकतन्त्र बचाईदिनु पर्यो भनेर बिदेशी शक्तीलाई गुहार्न थालेको पनि भट्टको भनाई रहेको छ ।
‘आज जनयुद्द दिबस पनि, हामीले प्रचण्डको नेतृत्वमा युद्ध लड्यौ तर अब केपी शर्मा ओलीको नेतृत्वमा उँहाको सुरक्षा कबच बनेर गोलबद्द भएका छौं, उहाँले थप्नुभयो । जहिले पनि फुटमा रमाउनेहरु सडकमा गएर मांशाहारी आन्दोलन गर्नेहरुका बिरुद्ध आफूहरु प्रतिकार गर्न तयार रहेको पनि सुनाउनुभयो ।













प्रतिक्रिया दिनुहोस्