‘निर्मला र भागरथीको हत्याराहरुलाई पानी मुनी गएर भएपनी पत्ता लगाउँछौ, प्रधानमन्त्री ओलीले भन्नुभयो,‘हत्याराहरु केही दिन लुक्ला, अपराधीहरु केही दिन भाग्लान्, डरको जिन्दगि कति दिन जिउलान्, पत्ता लगाएर नै छोडछौँ ।’
बुटवल, फागुन १
प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त र भागरथी भट्टका हत्यारालाई कुनैपनि हालतमा नछाड्ने अठोट व्यक्त गर्नुभएको छ । उहाले पानीमुनि गए पनि ति हत्यारालाई सरकारले नछाड्ने उद्घोष गर्नुभएको हो । उहाले केही समयभित्रै अदालतको कठघरामा उभ्याएर सजाय दिइने बताउनु भयो ।

बुटबलमा आयोजित विशाल जनसभालाई सम्वोधन गर्दै ओलीले भन्नुभयो, ‘निर्मला र भागरथीका हत्यारालाई पानी मुनि गए पनि छोडिने छैन । दुई–चार दिन उम्किएलान् । डरले थर्कमानको जिन्दगी बिताए पनि, लुके पनि सजाय घट्नेवाला छैन । उनीहरुलाई पूराका पूरा सजाय गरेर छोड्नेछौं ।’

प्रधानमन्त्री ओलीले अहिले शान्ति सुरक्षाको स्थिति आमरुपमा राम्रो भएको उल्लेख गर्नुभयो । ‘हिजो ईंट्टाभट्टामा जलाउनेहरुलाई मन्त्री बनाइयो, आज हामीले हत्कडी लगाएर झ्यालखानमा हालेका छौं । १२ वर्षअघिका अपराधिलाई जेलमा हालेका छौं भने अहिलेका अपराधि पनि उम्किन पाउने छैनौं’ ओलीले भन्नुभयो ।
उहाँले भागरथी भट्टका हत्यारा छिट्टै पत्ता लाग्ने दाबी गर्नुभयो । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागरथी भट्टको यही माघ २२ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । भागरथीको हत्या भएको १० दिन बितिसक्दा समेत हत्यारा पत्ता लाग्न सकेको छैन् । यस्तै निर्मला पन्तका हत्यारा पनि अझै पत्ता लागेको छैन ।













प्रतिक्रिया दिनुहोस्