काठमाडौं, फागुन ४
रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई समूहका विद्यार्थीबीच झडप भएको छ ।
सरस्वती पूजाको विषयमा विवाद हुँदा नेकपा ओली समूह र प्रचण्ड–माधव समूहका विद्यार्थीबीच झडप भएको हो ।
झडपमा परी प्रचण्ड–माधव समूहका एकजना विद्यार्थी घाइते भएका छन् । थप झडप हुने सम्भावना भएपछि बाक्लो सङ्ख्या सुरक्षाकर्मी परिचालन गरिएको छ।













प्रतिक्रिया दिनुहोस्