काठमाडौं, फागुन ५
नेपाल र भारतले पेट्रोलियम पदार्थ निक्कै सस्तोमा किन्छन् भने बेच्दा त्यसको दोब्बर भन्दा बढि रुपैयाँ तोक्छन् । किनकी पेट्रोलियम पदार्थमा शतप्रतिशत कर लगाइएको हुन्छ ।
नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोल प्रतिलिटिर ५३ रुपैयाँ ९७ पैसामा खरिद गरेको छ । तर, नेपालमा बेच्दा हाल ११४ रुपैयाँ कायम छ । सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) सहित सम्पूर्ण राजस्व करिब ५५ रुपैयाँ लिन्छ । त्यसो भए के नेपालले मात्र यत्रो कर लिन्छ त ? यो प्रश्न पनि देखिन्छ ।
त्यसैले हामीले भारतमा बेचिएको पेट्रोलिम पदार्थको मुल्य पत्ता लगाएका छौं । भारतले पेट्रोल ५१ रुपैयाँ (नेरु) मा किनेर १४३ रुपैयाँ (नेरु) बेच्ने गरेको छ । जसले गर्दा नेपालका सीमाबाट भारततर्फ पेट्रोल चोरीपैठारी हुने गरेको छ । उसो भए भारतमा कसरी मंहगो पर्यो त ?
भारतमा पेट्रोलको मुल्य ३१.८२ (भारु), भाडा, अन्य खर्च ०.२८ (भारु), केन्द्रीय सरकारको हिस्सा ३२.९० (भारु) राज्य सरकारको भ्याट २०.६१ (भारु) र डिलरलाई कमीशन ३.६८ (भारु) कायम गरिएको छ । भारतले बेच्दा ८९.२९ (भारु)मा बेच्ने गरेको छ । डिजेलको भाउ पनि भारतमा उस्तै छ । ३३.४६ (भारु)मा किनेर ७९.७० (भारु)मा बेच्ने गरेको छ ।













प्रतिक्रिया दिनुहोस्