जनता टाइम्स

५ फाल्गुन २०७७, बुधबार १५:१७

भागरथी हत्याका आरोपी सार्वजनिक


काठमाडौं, फागुन ५

प्रहरीले बैतडीकी चेली भागरथी भट्टको बलात्कार तथा हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टलाई सार्वजनिक गरेको छ । प्रहरीका अनुसार भट्टले घाँटी थिचेर हत्या गरेको र त्यसपछि बलात्कार प्रयास गरेको बयान दिएका छन् ।

जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा डीआईजी उत्तमराज सुवेदीले आरोपीले भागरथीलाई सुरुमा धकेलेर लडाएको अनि दुवै हातले घाँटी थिचेर हत्या गरेको बताउनुभयो । १६ वर्षको किशोरले १७ वर्षकी किशोरीलाई जबजस्ती बलात्कार र हत्या गर्न सम्भव छ त ?

भन्ने प्रश्नमा उहाँले भन्नुभयो,‘घटनास्थलको प्रकृति र उसले गर्नसक्ने गतिविधि हेर्दा गर्न नसक्ने भन्ने छैन ।’ हत्यापछि पाइन्ट घुँडासम्म तानेर बलात्कार गरेको अनुसन्धानबाट देखिए पनि निष्कर्षमा पुग्न बाँकी रहेको उहाँको भनाइ छ । उहाँले थप्नुभयो, ‘अनुसन्धानले उनी एक्लै यसमा संलग्न देखिएको छ, अब फरेन्सिक ल्याब लगायत अन्य रिपोर्टहरु आएपछि हामी थप तथ्यहरु बाहिर ल्याउन सक्छौं ।’

प्रहरीको अनुसन्धानबाट बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा उनी अध्यययनरत विद्यालयकै छात्र संलग्नता रहेको भन्दै सार्वजनिक गरिएको हो।