काठमाडौं, फागुन ७
प्रदेश–२ का नवनियुक्त प्रदेश प्रमुख राजेश झाले सपथ लिनुभएको छ । केही समयअघि राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले झालाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभयो । सपथग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित हुनुभएको थियो ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले रौतहटका ‘राजेश अहिराज’ लाई प्रदेश २ को प्रमुखमा नियुक्त गर्नुभएको हो । मधेश मामिलामा विद्यावारिधी गर्नुभएको झा पत्रकारितामा पनि संलग्न हुनुहुन्छ । यसअघिको प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त हुनुभएको छ ।












प्रतिक्रिया दिनुहोस्