विराटनगर, फागुन ८
संविधान सभाका अध्यक्ष एंव नेकपाका नेता सुवास नेम्वाङले प्रतिनिधिसभा भङ्ग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्च अदालतले सदर गर्ने बताउनु भएको छ ।
विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै नेम्वाङले अदालतले प्रधानमन्त्रीको पक्षमा फैसला गर्ने बताउनु भयो । ‘म त कानुनको विद्यार्थी बोल्न मिलेन,’ उहाले भन्नुभयो, ‘तर, हाम्रा प्रधानमन्त्री अदालतले सदन विघटनको कदम सदर गर्ने कुरामा दुई सय प्रतिशत विश्वस्त हुनुहुन्छ । हामीलाई हाम्रो प्रधानमन्त्रीप्रति अति धेरै विश्वास छ । त्यसैले अब देश चुनावमा गयो ।’
नेता नेम्वाङले अदालतले फैसला गरेको भोलिपल्टै सबै दलले वक्तव्य निकालेर चुनावको तयारी गर्ने दावी समेत गर्नुभयो । प्रचण्ड–माधव नेपालको समूह पनि चुनावकै तयारीमा देश दौडाहा रहेको नेम्वाङले बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्