जनता टाइम्स

८ फाल्गुन २०७७, शनिबार १७:०२

निर्मलाको बलात्कारी, हत्यारा कानूनको पञ्जा नजिक आइसक्यो : गृहमन्त्री बादल


काठमाडौं, फागुन ८

गृहमन्त्री रामबहादुर थापा बादलले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अपराधी कानूनको पञ्जा नजिक आइसकेको बताउनुभएको छ । नेकपा ओली समूहले आज बिराटनगरमा गरेको आमसभामा गृहमन्त्री बादलले भन्नुभयो, ‘निर्मलाको बलात्कारी, हत्यारा पनि कानूनको पञ्जा नजिक आइसकेको छ । हामी छिट्टै कानूनी कठघरामा उभ्याउँछौं ।’

उहाँले बलत्कारी तथा हत्यारा छिट्टै पक्राउ पर्ने बताउनुभएको हो । यसअघि भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनामा प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाहरुको बलात्कार र हत्या गर्नेहरुलाई पानी मुनी गएपनि नछाड्ने भन्नुभएको थियो । त्यसैअनुरुप मन्त्री बादलले त्यस्ता अपराधीलाई आफूहरुले पानी मुनि गए पनि नछाड्ने र पक्राउ गरेर कानुनी कठघरामा ल्याई छाड्ने बताउनुभयो ।