जनता टाइम्स

९ फाल्गुन २०७७, आईतवार ११:४३

मार्चण्ड गुटको नाटक : प्रचण्ड विदेशी गुहार्ने, नारायणकाजी विरोध गर्ने


काठमाडौं, फागुन ९

नेपाल कम्युनिष्ट पार्टी कानुनी बाहेक विभाजन भएपछि प्रचण्ड–नेपाल समुह आफ्नै कार्यले चर्चामा आइरहन्छ । कहिले एउटा अध्यक्षलाई प्रमुख अतिथि र अर्को अध्यक्षलाई अतिथि बनाएर, कहिले आमसभाबाटै पत्रकारको नाम नै लिदै तपाई चुप लाग्नुहोस् भनेर त कहिले ननभेज आन्दोलनका कुरा गरेर । यो समुहमा महासचिव छान्न नसकेपनि महिनौं बितिसक्यो । निर्वाचन आयोगमा रहेको विधान अनुसार महासचिवले बैठक नबोलाई त्यसलाई आयोगले स्विकार नै गर्दैन् ।

पछिल्लो समय फेरी यसका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रवक्ता नारायणकाजी श्रेष्ठ बीच अघोषित रुपमा युद्ध चलेको छ । प्रचण्ड अहिलेको अवस्थामा एक्लो भएपछि कहिले कांग्रेस गुर्हार्दै कहिले विदेशी शक्तिसँग हारगुहार मागिरहनु भएको छ । पहिला एक टेलिभिजन कार्यक्रममा सार्वजनिक रुपमा भारत, चीन, अमेरिका, बेलायत लगायत युरोपेली राष्ट्रलाई नेपालमा हस्तक्षेप गर्न गुहार लगाउनु भएको थियो । आज भने प्रचण्ड निकट एक अनलाइनलाई दिएको अन्तर्वार्तामा उहाले फेरी एक पटक भारतलाई नेपालमाथी दबाब बढाउन गुहार माग्नु भएको छ ।

‘सबै अन्तरराष्ट्रिय हाम्रा मित्रदेशहरु, खासगरी हाम्रा छिमेकी, संसारकै सबभन्दा ठूलो हाम्रो लोकतन्त्र भन्ने छिमेकीबाट योबेलामा हामीले सबै संसारभरिका लोकतान्त्रिक मूल्य मान्यता राख्नेहरुबाट सहयोग र सदभाव चाहेका छौं । दायाँ–वायाँ हुने छैन भन्ने भरोसामा छौं हामी’ केही समय अघि भएको आमसभामा प्रचण्डले भन्नुभएको थियो । अहिले पनि आफुहरुलाई अन्तरराष्ट्रिय समुदायले सहयोग गर्ने आशा राखिराख्नु भएको छ ।

तर, सोही समुहका प्रवक्ता श्रेष्ठ भने ‘वैदेशिक हस्तक्षेपलाई परास्त गरौं । राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गरौं’ भन्नुहुन्छ । उहाले बिदेशी शक्तिहरु कमजोर सत्ता र राजनीतिक अस्थिरताबाट कसरी आफ्नो स्वार्थ पुरा गर्न सकिन्छ भनेर सुक्ष्म ब्यबस्थापनमा चासो दिदै क्रमशः हस्तक्षेप बढाइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । एउटै समुहका अध्यक्ष विदेशी शक्ति गुहार्ने सोही समुहका प्रवक्ता त्यसको सार्वजनिक रुपमा विरोध गर्ने । कस्तो पार्टी बन्दैछ यो भनेर स्वयम नेकपाका नेताहरु बताउछन् ।