जनता टाइम्स

९ फाल्गुन २०७७, आईतवार २०:२१

प्रधानमन्त्री ओलीले गर्नुभयो नागढुंगा–नौबिसे सुरुङमार्गको आकस्मिक निरीक्षण (फोटोफिचर)


काठमाडौं, फागुन ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन नागढुंगा–नौबिसे सुरुङमार्गको निरीक्षण गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज दिउसो सो सुरूङमार्गको नागढुंगा खण्डको निरीक्षण गर्नुभएको हो ।

दहचोकस्थित पाँचौ ईन्द्रदह पर्यटन उत्सव उदघाटन गरेलगत्तै प्रधानमन्त्री ओली सुरूङमार्ग निरीक्षणका लागि पुग्नुभएको थियो । निरीक्षणका क्रममा उहाँले त्यहाँ भइरहेको कामबारे जानकारी लिनुभयो ।

नागढुङगादेखि धादिङको सिस्नेखोला जोड्ने सुरुङमार्गको काम धमाधम काम भइरहेको छ । सो सुरूङमार्ग देशकै पहिलो सडक सुरुङमार्ग हो । प्रधानमन्त्री ओलीले यस आयोजनालाई निकै प्राथमिकतामा राखेर अघि बढाउनु भएको छ ।