जनता टाइम्स

१० फाल्गुन २०७७, सोमबार १०:५४

गोरखामा एकै परिवारका तीन जना मृत भेटिए


काठमाडौं, फागुन १०

गोरखाको बारपाकमा एकै परिवारका तीन जना मृत अवस्थामा भेटिएका छन् । बारपाक सुलिकोट गाउँपालिका–१ बारपाकमा एक जना वृद्धसहित तीन जना सोमबार बिहान आफ्नै घरमा मृत भेटिएका हुन् ।

गोरखा प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङका अनुसार हिजो राति सुतेका उनीहरू बिहान अबेरसम्म नउठेपछि छिमेकीहरूले गएर हेर्दा मृत अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेका थिए । ८४ वर्षीय डिलबहादुर गुरूङ, २१ वर्षीया आइतकुमारी गरूङ र १३ वर्षीया उषा गुरूङ मृत भेटिएको उहाले जानकारी दिनुभयो ।

‘उनीहरूको मुखमा फिँज आएको छ । अहिले बारपाक प्रहरी चौकीको टोली घटनास्थलमा पुगिसकेको छ,’ एसपी गुरुङले भन्नुभयो, ‘उनीहरूको अवस्था हेर्दा हत्या गरेजस्तो देखिन्न । यद्यपी घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय जौंबारीको टोली जाँदै छ ।’