काठमाडौं, फागुन १०
विभाजित नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–माधव पक्षका नेता हिमाल शर्माले काठमाडौं जिल्ला कमिटीको सविच जिम्मेवारीमा नबस्ने बताउनुभएको छ । तत्कालीन माओवादी केन्द्रको काठमाडौं जिल्ला कमिटी अध्यक्ष रहनुभएको शर्माले दुई पार्टी एकीकरण गर्ने सन्दर्भमा आफूले सचिवको जिम्मेवारी स्वीकार गरे पनि पुनः त्यही जिम्मेवारीमा नरहने बताउनुभयो ।
यसअघिको नेकपाको काठमाडौं जिल्ला सचिव नै हुनुहुन्थ्यो । उहाँले आफू सोही पद नदोहोर्याउने भन्दै पद अस्विकार गर्नुभएको हो । यस्तै भोजपुरका जिल्ला सचिव विमल खड्काले पनि अध्यक्ष नपाएपछि सचिव पद अश्वीकार गर्नुभएको हो । उहाँ पार्टी एकीकरणपछि साबिक माओवादीबाट सचिव हुनुभएको थियो ।
अध्यक्ष प्रेमकुमार राई ओली पक्षमा लागेपछि प्रचण्ड–माधव पक्षले साबिक एमालेका शरणकुमार राईलाई अध्यक्ष बनाएर सचिवमा खड्कालाई नै कायम राखेको हो । उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू सचिवमा नरहने भन्दै अर्को व्यक्ति सचिव बन्ने बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्