जनता टाइम्स

११ फाल्गुन २०७७, मंगलवार १२:५६

‘ग्यालेक्सी फोरके’ टिभी लिएर आए रवि लामिछाने


काठमाडौं, फागुन ११

सञ्चारकर्मी रवि लामिछाने नयाँ टेलिभिजन च्यानल ‘ग्यालेक्सी फोरके’ लिएर आएका छन् । नेपालको पहिलो फोरके टेलिभिजनमा लामिछाने म्यानेजिङ डाइरेक्टर छन् ।

नेपालमा पहिलो फोरके टिभी आफूहरूले ल्याएको लामिछानेले बताउनु भयो । मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी लामिछानेले नेपालमा थप एक सञ्चार माध्यम थप भएको बताउनु भयो । उहाले जनताका आवाजलाई प्राथमिकता दिने र मनोरञ्जनात्मक कार्यक्रम दिन टेलिभिजन ल्याइएको बताउनु भयो ।