जनता टाइम्स

१२ फाल्गुन २०७७, बुधबार १०:२६

प्रचण्ड-माधवलाई युवराज संग्रौलाको सुझाव : पुनर्स्थापित हुँदैमा ठूल्ठूला गफ गर्नुको तुक छैन, बिदेसीसँगको चोचोमोचो छाडनोस


काठमाडौं, फागुन १२ । पूर्वमहान्यायाधिवक्ता प्राडा युवराज संग्रौलाले प्रतिनिधि सभा पुनर्स्थापित हुँदैमा धेरै ठुलठुला गफ गर्नुको कुनै तुक नरहेको बताउनु भएको छ । जनतालाइ भन्दा बढी विदेशीलाइ र विचारलाइ भन्दा झोलेलाइ विश्वास गर्ने नेताहरूको प्रवृतिप्रति खबरदारी गर्दै संग्रौलाले यस्ता गफ छाडेर विदेशीसँग चोचोमोचो छोड्न सुझाउनु भएको हो ।

नेकपाको प्रचण्ड माधव समूहका नेताहरूले चुनाव जितेजस्तै गरी उत्सव मनाइरहेको सन्दर्भमा संग्रौलाले चार बुँदामा खबरदारी गर्दै सुझाव दिनुभएको छ ।

यस्तो छ संग्रौलाको सुझाव

प्रतिनिधि सभा पुनर्स्थापित हुँदैमा धेरै ठुलठुला गफ गर्नुको तुक छैन

१. के नेताहरु जनतालाइ बिश्वास गरेर बिदेशीलाई बाहेक गर्दै, सत्ताको राजनीति गर्न बन्द गर्नुहुन्छ ?
२. बिगतमा गरेका एक होइन अनेक गल्तीको लागि माफी माग्नु हुन्छ रु मेरो समर्थन संबिधान र कानुनलाई गोल खेल्न पाइन्न्न भन्ने कुरामा थियो।

३. आज जुन स्तरको भ्रष्टाचार भैरहेको छ, जसरी आज पदका लागी एता भोलि पदका लागी उता गर्ने नैतिक हिन मानिसको जग्जगी छ, जसरी माफियाहरु नेताका कोठामा पुगेका छ्न, जसरी मन्त्री हुनका लागी नैतिकता छोड्नेको तांती छ तेस्का विरुद्ध लड्नु हुन्छ। अन्यथा किन तपाईंहरुलाइ बिश्वास गर्ने ?
४. के अब पनि झोला मात्र बोकेर फल झर्लान भनी आस गर्नेले नै राजनीतिको ठेक्का लिने ? के बिचारलाई बोक्न र झोलेलाई रोक्न सक्नुहुन्छ।

सबै नेताले संम्पती कति छ र छोराछोरी कांहा छन बहिर ल्याउनुहोस। बिदेशी सङ्ग चोचोमोचो छोड्नु होस।तब मात्र जनताको बिश्वास हुनेछ। फैसलालाई केबल भरयाङ्ग नहेरियोस।