जनता टाइम्स

१४ फाल्गुन २०७७, शुक्रबार १२:०४

सुनको भाउ विस्तारै घट्न थाल्यो, सात महिनामा १४ हजार बढि घट्यो


काठमाडौं, फागुन १४

स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ५०० ले ओरालो लागेको छ । छापावाला सुन आज तोलामा रु ८८ हजार ८०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन बिहीबार तोलामा रु ८९ हजार ३०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन तोलामा रु ८८ हजार ३५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुन बिहीबार तोलामा रु ८८ हजार ८५० का कारोवार भएको थियो । साउन महिनामा एक लाख ३ हजार पाँच सय रुपैयाँ पुगेको भाउ अहिल सात महिनापछि करिव साढे १४ हजार रुपैयाँले घटेको छ ।

यसै गरी चाँदी तोलामा रु २० ले घटेको छ । रु एक हजार ३५५ मा बिहीबार कारोवार भएको चाँदी आज भने रु एक हजार ३३५ मूल्य निर्धारण भएको छ ।