जनता टाइम्स

१४ फाल्गुन २०७७, शुक्रबार १३:५०

ओली–देउवा दुवै यस्तो निश्कर्षमा पुगेपछि..


काठमाडौं, फागुन १४ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भिडाउने प्रचण्ड–माधव समुहको खेल तुहिएको छ । प्रधानमन्त्री ओली र सभापति देउवा दुवै बिगतको सहकार्यको अनुभवका आधारमा धोका दिनेसँग नमिल्ने निश्कर्षमा रहेपछि भिडाउने र सत्ता हत्याउने सो समुहका खेल सकिएको हो ।

देउवा निकट एक नेताले जनताटाइम्सलाई दिनुभएको जानकारीअनुुसार नेकपाबाट अलग हुनुभएका पुष्पकमल दाहाल, प्रचण्डको नीति नै धोका दिएर खाल्डोमा जाक्ने रहेको निश्कर्षमा सभापति देउवा हुनुहुन्छ । सहकार्य भइरहेको बेला पत्तै नदिई अर्कोसँग साँठगाँठ गर्ने प्रचण्डको शैलीको सिकार यसअघि नै बनिसकेको भन्दै देउवाले आफू निकटसँग ‘अव फेरि धोका खान प्रचण्डसँग गइन्न, ओली नै बचनका पक्का छन, त्यतै सहकार्य हुन्छ’ भन्दै लाइन प्रष्ट पार्नुभएको ती नेताले जनताटाइम्ससँग खुलासा गरे ।

‘हामीसँग सरकारमा बसेर एमालेसँग चुनाव लड्न गएको होइन प्रचण्ड ? दुई बर्षसम्म साथीहरुलाई जवाफ नै दिन नसक्ने गरी धोका दिए, अव पनि त्यस्तो धोकेवाजको कुरा पत्याउने ?’ देउवाको भनाई उधृत गर्दै ती नेताले भने । उनका अनुसार कांग्रेसभित्र प्रचण्डको चरित्र नबुझेकाहरुले मात्रै उनीसँग सहकार्य गर्नुपर्ने कुरा गरिरहेका छन ।

‘प्रचण्डले हाम्रै साथीहरुको कानमा पनि गुलियो हालिसकेछन, उनीहरु गुलियो गरी मुख मिठ्याएर बसुन, पत्तै नपाई धड्खालोमा हालिदिने शैली छ प्रचण्डमा,’ प्रतिनिधिसभा पुनःस्थापना भएको भोलिपल्टै भेट्न आप्नो निवास आइपुग्नुभएको प्रचण्ड र माधवसँगको कुराकानीपछि देउवाले आफू निटक नेतालाई बोलाएर यस्तो सन्देश दिनुभएको ती नेताको भनाई छ । उहाँले प्रधानमन्त्री ओलीसँग मिलेर जाँदा नै मुलुकको हित हुने र कांग्रेसको नेतृत्व स्थापित हुने निश्कर्ष सुनाउनुभएको पनि ती नेताले जानकारी दिनुभयो ।

त्यसो त ओली र देउवा जनता समाजवादी पार्टी (जसपा) का नेताहरुसँग पनि घनिभुत संवाद अघि बढाउनुभएको छ । जसपामा डा. बाबुराम भट्टराई र उपेन्द्र यादव भारतको लाइनअनुसार प्रचण्ड–माधव समुहसँग मिल्नुपर्ने अडानमा रहेको छ । तर महन्त ठाकुरसहित सोही दलका अधिकांश नेता तथा सांसदहरु ओलीतिरै मिलेर जानुपर्ने अडानमा उभिनुभएको छ । जवर्जस्ती गरेर प्रचण्ड–माधव समुहतिर लागे बहुमत सांसद बिद्रोह गरी आउने तयारीमा रहेको जानकारीसमेत दिइसकेका छन ।

देउवाको यो जवाफपछि नै प्रचण्डले कांग्रेसभित्र खेल्नुपर्ने भन्दै आफू निकट मिडियामा समाचार लेखाउनुभएको छ । प्रचण्ड निकट मिडियाले यो सूचना पाएपछि ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुविधामा देखिए पनि कांग्रेसका बहुमत नेता र सांसद प्रचण्ड–नेपाल समूहसँग नजिक देखिएका छन’ भन्दै अफवाह फैलाएका हुन ।