काठमाडौं, फागुन १६ । नेपाल कम्युनिष्ट पार्टी दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र आफूहरु मिल्दा भारतलाई कम्फर्टेबल हुन्छ भन्ने अभिव्यक्ति दिनुभएपछि यसको चौतर्फी आलोचना भएको छ ।शुक्रबार राति एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै अध्यक्ष प्रचण्डले तीन दल मिल्दा भारतका लागि सबैभन्दा राम्रो हुने बताउनुभएको थियो ।
सुरुमा प्रचण्डले अन्तरवार्तामा बोलेका शब्दहरु जस्ताको तस्तै :
मेरो भनाइ के छ भने नेपाली कांग्रेस, हामी र जनता समाजवादी पार्टी मिलेर जाँदा चेक एन्ड ब्यालेन्स पनि हुन्छ देशको राजनीति । सन्तुलनमा बस्छ । सबै छिमेकीहरुसँगको सम्बन्ध पनि राम्रो भएर जान्छ । भारत र चीनसँग पनि राम्रो सन्तुलन हुन्छ । अझ भारतसँग हाम्रो विशिष्ट सम्बन्ध छ । हाम्रो इतिहास र भूगोल, संस्कृति, धर्म, परम्परा, अर्थतन्त्र, पानीढलो, खुला बोर्डर.. सबै कारणले भारतसँग राम्रो समझदारी नबनाइकन पनि नेपालमा स्थायित्व र विकास त हुँदैन । त्यसैले म के देख्छु भने नेपाली कांग्रेस, हामी र जनता समाजवादी पार्टी मिल्नु भनेको भारतका निम्ति पनि योभन्दा कम्फर्टेबल समीकरण हुँदैन । चीनका निम्ति पनि यो कम्फर्टेबलै हुन्छ । अनि यति राम्रो सम्भावना छ, यो सम्भावनामा जानुपर्यो भनेर भनेको छु फेरि ।
ऋषि धमलाले तीन पार्टी मिलेर सरकार बन्नेमा कति विश्वस्त हुनुहुन्छ ? भनी सोधेको प्रश्नमा प्रचण्डको यस्तो उत्तर आएको थियो । ‘कांग्रेस, हामी र जनता समाजवादी पार्टी मिल्नु भनेको भारतका निम्ति पनि योभन्दा कम्फर्टेबल समीकरण हुँदैन’ भन्ने वाक्यांशले प्रचण्ड विवादमा परेका हुन् । यसमा उनी उम्कन सक्ने ठाउँ पनि छैन । उनको अभिव्यक्तिले ओलीइतर गठबन्धन भारतका लागि अनुकूल हुन्छ भन्ने स्पष्ट अर्थ लाग्छ । घुमाउरो रुपमा चाहिं प्रचण्डले आफ्नो समूहलाई ‘भारतनिकट’ भनेर स्वीकारेका छन् ।
सामाजिक सञ्जालको प्रतिक्रिया :
सामाजिक सञ्जालमा अधिकांशले प्रचण्डको अभिव्यक्तिको निन्दा गरेका छन् । केही प्रतिनिधि विचारहरु यस्ता छन्ः
नेपाली कांग्रेस, उहाँको समुह र जनता समाजवादी मिल्नु भनेको भारतका लागि सबैभन्दा राम्रो र कम्फर्टेबल हुने उहाँको भनाइप्रति आमसर्वसाधरणले असन्तुष्टि पोखिरहेका छन । कार्यक्रममा प्रचण्डले आफुहरु मिल्नु भनेको भारतका लागि कम्फर्टेबल हो भने चीनका लागि पनि उत्तिकै कम्फर्टेबल हुने बताउनुभएको थियो ।अध्यक्ष दाहालले भारतसँग सम्बन्ध नसुधारी नेपालमा राजनीतिक स्थायित्व हुन नसक्ने तर्कमा प्रचण्डको नियत प्रष्ट खुलेको भन्दै टीकाटिप्पणी शुरु भएको हो।
प्रचण्डको उक्त भनाइ खेदजनक रहेको भन्दै सामाजिक सञ्जालमार्फत सर्वसाधरणले बिरोध जनाईरहेका छन । नेतृ शान्ता चौधरीले शनिबार सामाजिक सञ्जालमार्फत क डा आ पत्ति जनाउनु भएको छ। उहाँ लेख्नुहुन्छ,–‘सत्य आफ्नै मुख बाट उजागर हुन्छ भन्थे हो रहेछ, भारतीय सुगमताको लागि कांग्रेस, प्रचण्ड गुट र जसपा मिलेर गठबन्धन गरी सरकार बनाउनुपर्छ भन्ने अध्यक्ष कमरेड प्रचण्डको भनाइ सुनेर मर्माहत भइयो ।’
आन्दोलनको बेला भारतीय हस्तक्षेपको आह्वान गर्नु अनि अहिले भारत सुहाउँदो सरकार बनाउनुपर्छ भन्ने कुरा आउनु खेदजनक भएको उल्लेख गर्दै शान्ताले लेख्नुभएको छ ‘राष्ट्रप्रेमी नेपालीहरु यस्ता हर्कतबाट जोगिएर अघि बढ्नु नै अहिलेको आवश्यकता हो ।’विदेशी इसारामा नेपाली जनताको भावनाको अपमान हुने गरी विगत एक वर्षदेखिका अनेक हर्कत भएका रहेछन् भन्ने पनि अब प्रष्ट भएको शान्ताले उल्लेख गर्नुभएको छ ।
उहाँले लेख्नुभएको छ ,‘देशको सार्वभौमिकता र जनताको स्वाभिमानमाथि खेल खेल्नेहरुलाई बेलैमा चिन्न, अध्यक्ष प्रचण्डले हामी केहीमा रहेको भ्रम चिरिदिनुभयो ।’नेकपाका नेता गोकुल बाँस्कोटाले प्रचण्ड–नेपाल समूहलाई ‘नेपाल कम्फर्टेबल पार्टी’ को संज्ञा दिँदै अब कुन झण्डा साथ सडकमा आउलान् रु भन्दै प्रश्न गर्नुभएको छ ।‘नेपाल कम्फर्टेबल पार्टी – नेकपाका २४ घण्टे राष्ट्रवादीहरु र नागरिक अभियन्ताहरु अब कुन झण्डा साथ सडकमा आउलान् रु भब्य बैठक आयोजित हुँदै होला कसरी विषय मोडिदिने भनेर ?
चाइँचुइँ छैन त ? कि लावण्य प्रान्तको मुख्यमन्त्री खोज्न लाग्या छन् ? कसैले देख भेटेमा म पनि थाहा पाउँ है, मान्यवर हो’, उहाँले ट्वीटमा भन्नुभएको छ ।
त्यस्तै वरिष्ठ पत्रकार बविता बस्नेत लेख्नुहुन्छ,–‘हामीलाई त नेपाल र नेपालीलाई कम्फरटेबल नेतृत्व चाहिएको छ ।’ ट्वीटमा भन्नुभएको छ । त्यस्तै केशव दाहाल भन्नुहुन्छ, सकिन्छ मनको नियन्त्रण गरौ। व्यबहारको नियन्त्रण गरौ। कम्तीमा बोलिको नियन्त्रण गरौ।’ प्रचण्डको अघिव्यक्तिपछि सामाजिक सञ्जालमा उहाँले जनताको पक्षमा नसोचि भारतको पक्षमा सोच्ने काम भएको भन्दै चर्को आलोचना भएको हो ।त्यस्तै क्याप्टेन विजय लामा लेख्नु हुन्छ,– ‘भारतलाइ सहज बनाउन राजनीति गरेको हो पुष्पकमल दाहाल ?? कि के हो ??













प्रतिक्रिया दिनुहोस्