जनता टाइम्स

१६ फाल्गुन २०७७, आईतवार १९:२६

बिप्लव समुहसँगसँगको बार्ता निश्कर्षउन्मुख रहेको प्रधानमन्त्री ओलीको खुलासा


झापा, फागुन १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्धित नेत्रविक्रम चन्द, बिप्लव समूहसँग वार्ताद्वारा समस्याको समाधान छिट्टै हुने जानकारी दिनुभएको छ । आफ्नो गृहजिल्ला झापा आउनु भएका प्रधानमन्त्री ओलीले झापामा ‘नेपाल चीन मैत्री औद्योगिक पार्कको शिलान्यास गर्दै बिप्लवसँग वार्ताबाटै समस्या समाधान गर्ने सार्वजनिक जानकारी दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले यसअघि पनि विप्लव नेतृत्वको नेपाल कम्युनिष्टलाई मूलधारमा ल्याउने बताउनु भएको थियो । बिराटनगरको जनसभामा प्रधानमन्त्री ओलीले बिप्लवसँग बार्ताबाट समस्याको समाधान गर्ने बताएलगत्तै बिप्लवले बक्तब्य जारी गरी बार्ताका लागि तयार रहेको बताउनु भएको थियो ।

महासचिव विप्लवले वक्तव्य जारी गरी सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा सरकारसँग वार्ताको लागि सकारात्मक रहेको जनाउनु भएको हो । प्रधानमन्त्री ओलीले आज आफ्नो गृहजिल्लाबाट बिप्लवसँग बार्ताबाटै छिट्टै समस्या समाधान गर्ने घोषणा गर्नुभएको हो ।