जनता टाइम्स

१७ फाल्गुन २०७७, सोमबार १५:३१

विप्लव समुहका नेता ओली नेतृत्वको नेकपामा प्रवेश


पोखरा, फागुन १७

नेपाल कम्युनिस्ट पार्टी नेकपा (विप्लव) समूहका नेता बाबुलाल शाक्य अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गर्नुभएको नेकपामा प्रवेश गर्नुभएको छ । विप्लव समूहका विशेष जिल्ला कमिटी सदस्य समेत रहनु भएका शाक्य आज ओली नेतृत्वको नेकपामा प्रवेश गर्नुभएको हो ।

नेकपाको पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय भेलाका क्रममा पार्टी प्रवेश गर्नुभयो । उहाले आफू पार्टी प्रवेश गरेको भन्दा पनि मुल घरमा आएको अनुभूति भएको बताउनु भयो । सो क्रममा विप्लवका अन्य कार्यकर्ताका साथै काँग्रेस र जनता समाजवादी पार्टी परित्याग गरेर दर्जनौं नेता कार्यकर्ता पनि ओली नेतृत्वको नेकपामा प्रवेश गरेका थिए । नवप्रवेशीलाई गृहमन्त्री रामबहादुर थापा लगायतले अबिर र माला लगाएर स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले विप्लवलाई पनि वार्तामा आउन आग्रह गर्नुभयो । उहाले सुतली बम पड्काएर देशमा परिवर्तन नआउने बताउदै शान्तिपूर्ण राजनीतिबाट अगाडी बढ्न आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले सरकार वार्ताका लागि तयार रहेको समेत जानकारी गराउनु भयो ।