जनता टाइम्स

१७ फाल्गुन २०७७, सोमबार १७:०९

पुडासैनी सचिवमा बढुवा


काठमाडौं, फागुन १७

काठमाडौं, फागुन १७ । सरकारले सहसचिव कृष्णप्रसाद पुडासैनीलाई सचिवमा बढुवा गरेको छ । मन्त्रिपरिषद्को बैठकले सहसचिव पुडासैनीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सिफारिसमा यसै साता बसेको मन्त्रिपरिषद बैठकले नेपाल न्याय सेवा सरकारी वकिल समूहका सहसचिव पुडासैनीलाई सचिवमा बढुवा गरेको हो ।

यस्तै यसै साताको बैठकले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रबन्धकमा अनिल कुमार झालाई पनि नियुक्त गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद बैठकले दुर्गा भगवती गाउँपालिका ३ रौतहटका झालाई प्रबन्धमा नियुक्त गरेको हो ।