जनता टाइम्स

१७ फाल्गुन २०७७, सोमबार २०:२५

रघुजी पन्तको अभिव्यक्तिप्रति अनेमसंघको आपत्ति


काठमाडौं, फागुन १७

अखिल नेपाल महिला संघले नेता रघुजी पन्तको राष्ट्रिय सभा सदस्य कोमल वलीप्रति लक्षित भनाईको घोर भत्र्सना गरेको छ । अनेमसंघको बाग्मती प्रदेशको भेलामा सहभागी महिला नेताहरुले सो अभिब्यक्तिको विरोध र भत्र्सना गरेका हुन् ।

अनमसंघका इन्चार्ज नेता गोमा देवकोटाको प्रमुख आतिथ्यमा भएको भेलाले प्रदेश कमिटिमा आवद्ध भएकाहरुलाई सपथ गराएको छ । जसमा उपलब्ध केन्द्रिय सदस्य र अनेमसघका नेताहरु गरि करिब ३०० को सहभागीता रहेको थियो । नेकपाका बाग्मती प्रदेश इन्चार्ज आनन्द पोख्रेलले प्रदेश कमिटिका महिला नेताहरुलाई सपथ गराएका थिए ।

भेलामा सहभागीहरुले पछिल्लो राजनीतिक घटनाक्रम पछि उत्पन्न परिस्थितीको समिक्षा गरेका थिए । पार्टी भित्रैवाट भइरहेका असहज अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले परिकल्पना गरेको समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई साथ दिने प्रतिवद्धता महिला नेताहरुले गरेका छन् । पार्टी गतिविधिलाई तल्लो तहसम्म लैजान अनेमसंघको जिल्ला र वडा स्तरिय कमिटि बिस्तारलाई तिब्रता दिने निर्णय भेलाले गरेको छ ।

चैत सम्ममा वडा सम्म कमिटि विस्तरा गरी राजनीतिक गतिविधि बढाउने निर्णय गरिएको हो । मार्च ८ लाई भब्य रुपमा मनाउन सबै क्षेत्र र जिल्लामा तयारी सुरु गर्ने निर्णय पनि भेलाले गरेको अनेमसंघका सचिवायले सदस्य शर्मिला कार्कीले जानकारी दिइन् । सडक र भाषणहरुमा महिला नेता लक्षित गरेर दिइएका अराजनीतिक अभिब्यक्तिको विरोध गर्दै त्यस्ता अभिब्यक्ति विरुद्ध कानुनी ल डा इमा जाने चेतावनी महिला नेताहरुले दिएका छन् ।

अनेमसंघका केन्द्रिय संयोजक सीता पौडेलले महिला नेताको चरित्र ह त्या हुने अभिब्यक्ति विरुद्ध आवाज उठाउन आह्वान गरिन् । प्रदेश अध्यक्ष सुशिला नेपालको अध्यक्षतामा सम्पन्न भेलाले अनेमसंघ युवा समिति पनि गठन गरेको छ । केन्दिय संयोजक दिपा शर्माले त्यसको संयोजन गरेको अनेमसंघ सचिव सुजिता शाक्यले जानकारी दिइन् ।