जनता टाइम्स

१७ फाल्गुन २०७७, सोमबार २०:३६

महिलाको चरित्र र आचरणमाथी प्रश्न उठाउने नेता पन्तको प्रवृति गलत : आयोग


काठमाडौं, फागुन १७

नेकपा प्रचण्ड–नेपाल समुहका नेता रघुजी पन्तले महिलामाथी दिएको अभिव्यक्तिको राष्ट्रिय महिला आयोगले ध्यानाकर्षण भएको जनाएको छ । राष्ट्रिय सभाका सदस्य कोमल वलीप्रति नेता पन्तले पिडौंला देखाएर राजनीतिमा आएको जस्तो गम्भिर आक्षेप लगाएका थिए ।

आयोगले सोमबार एक विज्ञप्ती जारी महिलाको स्वतन्त्र पहिचान, आत्म सम्मान र क्षमतालाई महत्व नदिई पुरुषसँगको निकटताबाट नै महिलाको राजनैतिक भविष्य बन्ने गरेको जस्ता अभिव्यक्ति प्रकट गरी महिलाको चरित्र र आचरणमाथी प्रश्न उठाउने प्रवृति गलत भएको उल्लेख गरेको छ ।

आयोगका प्रवक्ता समेत रहेका उपसचिव श्याम प्रसाद श्रेष्ठले जारी गरेको विज्ञप्तीमा देशकै आधा रभन्दा बढी जनसंख्या ओगट्ने महिला वर्गको राजनैतिक सहभागिता न्यून रहेको वर्तमान अवस्थामा महिलाको अवस्थाको कम आकलन हुनु, उनिहरुको सवलता र सक्षमतालाई सवतन्त्र मूल्यांकन नगर्ने परिपाटी मौलाउनु आफैमा विडम्वना भएको आयोगको ठहर छ ।

‘राजनैतिक हिसाबले ज्यादै नै जिम्मेवार स्थानमा रहेका व्यक्तिवाट सार्वजनिक रुपमा नै राष्ट्रिय सभाका सांसद जस्तो गमिामय पदमा रहेको महिलाप्रति गरिएको त्यस्तो आपत्तिजनक अभिव्यक्तिको भत्सर्ना गर्दै आगामी दिनमा यस प्रकारको गैह्र जिम्मेवार अभिव्यक्ति कहीं कतैवाट कसैलाई पनि नहोस भनी राष्ट्रिय महिला आगोग सबै वर्गमा अपिल गर्दै त्यस्तो जिम्मेवार र आपत्तिजनक अभिव्यक्ति दिने व्यक्तिलाई जिम्मेवार बनाउन समेत आवश्यक भएको हुदाँ सम्वन्धित सबै निकायलाई समेत राष्ट्रिय महिला आयोग ध्यानाकर्षण गराउन चाहान्छ’, आयोगले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।