जनता टाइम्स

१७ फाल्गुन २०७७, सोमबार २१:१४

प्रचण्ड-माधव समुहले रोक्न सकेन ओली टीमको जीत, अध्यक्षमा गौतम निर्वाचित


रुपन्देही, फागुन १७

होटल तथा रेष्टुुरेन्ट व्यवसायी संघको अध्यक्षमा केपी शर्मा ओली पक्ष निकट रामप्रसाद गौतम निर्वाचित हुनु भएको छ । संघको निर्वाचनमा नेकपा ओली पक्ष एकतर्फ र बाँकी सबै दल र पक्ष अर्कोतिर प्यानल नै बनाएर उठेका थिए । सोमबार भएको मतदानमा ओली पक्षका गौतम निर्वाचित बन्नु भएको हो ।

निर्वाचनमा निकटम प्रतिस्पर्धी जीवनप्रसाद श्रेष्ठलाई पराजित गर्दै गौतम अध्यक्षमा निर्वाचित हुनु भएको निर्वाचन समितिले जानकारी दिएको छ । प्रचण्ड–नेपाल, नेपाली कांग्रेससहितका ४ दलको समर्थनमा श्रेष्ठ निर्वाचनमा उठेका थिए ।

वरिष्ठ उपाध्यक्षमा बाबुराम गौतम, प्रथम उपाध्यक्षमा लेखनाथ भण्डारी, द्धितीय उपाध्यक्षमा रोमकान्त पाण्डे निर्वाचित हुनु भएको छ । महासचिवमा माधवकुमार खनाल निर्वाचित भएका भने कोषाध्यक्षमा टंक प्रसाद पराजुली निर्वाचित हुनुभयो । सचिवमा अर्जुन थापा र स हकोषाध्यक्षमा खिमराज पोखरेल भने निर्विरोध चयन हुनुभयो ।

सदस्यमा अर्जुन पोखरेल, थम्मन भण्डारी, उमेश सापकोटा, तुलसीराम पराजुली, माधव ढकाल, टंकप्रसाद पोखरेल, रामबहादुर न्यौपाने, कृष्ण प्रसाद पाण्डे, डिल्लीराज अर्याल केशवराज कंडेल, खुमराज ज्ञवाली विजयी भएको प्रमुख निर्वाचन आयुक्त यामलाल खनालले जानकारी दिनुभयो ।