चितवन, फागुन १८
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपाको विवाद टुंगो नलागेसम्म कांग्रेसले सरकारको विषयमा निर्णय गर्नु अर्थहिन भएको बताउनु भएको छ । भरतपुर विमानस्थलमा मंगलबार पत्रकारसँग कुरा गर्दै उहाले प्रचण्ड–नेपाल र ओली समूह अलग्गिएको भनिए पनि आधिकारिक रूपमा नछुट्टिएकोले अहिले सरकारमा जाने–नजाने विषयको अर्थ नभएको बताउनु भएको हो ।
‘अहिलेसम्म कम्युनिस्ट एउटै छ, उनीहरुकै बहुमत छ’, उहाले भन्नुभयो, ‘एउटै नेकपा छ, कुन नेकपासँग मिलेर जाने ?’ निर्वाचन आयोगले दलको टुंगो नलगाई सरकारमा जाने प्रक्रिया अघि नबढ्ने उहाले स्पष्ट पार्नुभयो । अविश्वासको प्रस्तावका विषयमा कांग्रेसलाई केही थाहा नभएको बताउदै अहिले आफुहरु महाधिवेशनमा केन्द्रित रहेको जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्