काठमाडौं, फागुन १८
प्रधानमन्त्री केपी शर्मा ओलीले ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नम्बर ३, दोभान बजारमा भएको आगलागीप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाले यस्ता घटना दुःखद भएपनि पिडितलाई तत्काल राहात र पुनःस्थापनाको व्यवस्था सरकारले गर्ने घोषणा गर्नुभयो ।
झापाको बिर्तामोडमा निर्मित ‘प्रदेश गौरव भिलेज’को उद्घाटन गर्दै उहाले उद्धारमा जुट्न प्रहरी प्रशासन र स्थानीय जनप्रतिनिधिलाई आग्रह समेत गर्नुभयो । उहाले आगोबाट ५१ वटा घरहरु जलेको खवर आएको बताउदै आगो निभाईएको जानकारी दिनुभयो । ‘आगो निभाईसकिएको छ, राहात उपलब्ध गराउने कुरा र पुनःनिर्माण गर्ने कुरामा सरकार तत्कालबाट लाग्छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो,‘जनताको समस्या तत्कालबाट हल गर्छ । प्रदेश–१ का मुख्यमन्त्री हुनुहुन्छ, उहाले यी कुराहरुको संयोजन गर्नु नै हुनेछ । ’
प्रतिक्रिया दिनुहोस्