१८ फाल्गुन २०७७, मंगलबार ००:००

पूर्वमन्त्री बाँस्कोटालाई पितृशोक, नेताहरुद्वारा समवेदना प्रकट


काठमाडौं, फागुन १८

पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटालाई पितृशोक परेको छ ।

बाँस्कोटाको पिता ९४ वर्षीय हरिप्रसाद बाँस्कोटाको आज अपराह्न काभ्रेपलाञ्चोकको मन्डनदेउपुर नगरपालिका–४ चैनपुरस्थित निवासमा निधन भएको हो । मृतकको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलि दिन नेकपाका केन्द्रीय सदस्यलगायत जिल्लाका नेता कार्यकर्ता निवासस्थान पुगेका छन् ।

पूर्वमन्त्री बाँस्कोटा चार दाजुभाइमध्ये कान्छो हुनुहुन्छ । यसैबीच, विभिन्न दलका नेताहरुले उहाको असामयिक निधनको खवरले अत्यन्त दुखी र मर्माहत बनाएको उल्लेख गरेका छन् ।