जनता टाइम्स

१९ फाल्गुन २०७७, बुधबार १७:१८

सरकार–विप्लव समुहबीच दोस्रो चरणको वार्ता सकियो


काठमाडौं, फागुन १९

सरकार र नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गर्नु भएको नेकपाका बीच दोस्रो चरणको वार्ता भएको छ । एकैदिन दुई पटक वार्ता भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान भएको वार्ता खानाका लागि केही समय रोकिएपछि अहिले अपरान्ह पुनः वार्ता भएको हो ।

वार्ता विषय केन्द्रीत रहेको सरकारी वार्ता टोलीका सदस्य डा. राजन भट्टराईले जानकारी दिनुभयो । उहाले दुबै पक्ष समान धारणा नजीक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको बताउनु भयो ।