जनता टाइम्स

१९ फाल्गुन २०७७, बुधबार २१:५१

प्रचण्डलाई महेश बस्नेतले दिए कडा जवाफ


काठमाडौं, फागुन १९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन नसक्ने देखेपछि नेकपाको दाहाल–नेपाल समूहले अविश्वास प्रस्ताव फिर्ता लिएको बताउनुभयो । भरतपुरमा आज आयोजित राष्ट्रिय युवा सङ्घ नेपाल चितवनको कमिटी घोषणा, शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रममा उहाले भन्नुभयो , “त्यही भएर अब अरु दलका नेतालाई गुहार्न थाल्नु भएको छ ।” उहाँले सूर्य चिन्ह आफ्नो पार्टीमै कायम रहने पनि दाबी गर्नुभयो । “दाहाल–नेपाल पार्टी फुटाएर जानुभो तर पार्टी फुटेको घोषणा गर्न सक्नुभएको छैन । मैले पार्टी फुटाएँ भनेर निर्वाचन आयोगमा जानुभएको छैन । किनभने उहाँहरुलाई सूर्य चिह्नको माया लागेको छ”, उहाँले भन्नुभयो , “आगामी निर्वाचनमा सूर्य चिन्नबिना दाहाल र नेपाललाई कुनै भोट प्राप्त हुन सक्दैन ।”

आफ्नो पहिचान गुमाएका प्रचण्डले अरुको पहिचान सूर्य चिन्हका लागि मरिहत्ते गरिरहेको उहाँले बताउनुभयो । मुलुकलाई विभिन्न वर्ग, जात र भूगोलका आधारमा पहिचानको मुद्दा उठाएर गृहयुद्धमा फँसाउन षड्यन्त्र गर्ने प्रचण्डले अहिले आफ्नो पहिचान नै गुमाएको बस्नेतले तर्क गर्नुभयो । प्रचण्डले नेपालको कन्र्फटेबलको लागि नभई विदेशीको कन्र्फटेबलको लागि पार्टी विभाजन गराउन खोजेको बस्नेतले आरोप लगाउनुभयो । ‘संसद पुनःस्थापना भएपछि विदेशी भाषामा कसलाई जवाफ दिनुभएको हो ? उहाँले प्रचण्डलाई प्रश्न गर्दै भने ‘त्यसको उत्तर एक हप्तादेखि नेपाली जनताले मागिरहेका छन् ।’ यसबाट पनि प्रचण्ड कसको इशारामा चलिरहेको पुष्टि हुने भन्दै उनले प्रचण्डलाई विदेशीको इशारामा चलेको बताउनुभयो । आफू प्रधानमन्त्री बन्ने सोचमा लागेर प्रचण्डले सँधै ओलीको विरोध गरेको बताउँदै उहाँले त्यसैका लागि संसदमा आफूलाई प्रधानमन्त्री प्रस्ताव गरी अविश्वास प्रस्ताव गरेको स्मरण गराउनुभयो ।

‘ओलीलाई हटाउन नसक्ने सोचेर प्रचण्डले अविश्वास प्रस्ताव फिर्ता लिएका छन् । अहिले प्रचण्डले मलाई प्रधानमन्त्री चाहिन्न । पदको लागि होइन भन्नुभएको छ । हैसियत भए पो हुन्थे प्रधानमन्त्री’ उहाँले भन्नुभयो , ‘त्यही भएर अब अरु दलका नेतालाई गुहार्न थालेका छन् । शेरबहादुर देउबालाई भन्न पुगेका छन् ।’ धोकेबाज प्रचण्डले कांग्रेसलाई पनि पटकपटक धोका दिएकाले देउबाको साथ नपाएको उहाँले तर्क गर्नुभयो । ‘पहिचान गुमाएका प्रचण्ड–माधव अब संसदमा कुन लाइनमा बस्नुहुन्छ ? ’ उहाँले प्रश्न गर्दे भने ‘सत्तापक्षको लाइनमा बस्नुहुन्छ की प्रतिपक्ष अरु दलका लाइनमा रु’ कुनै पनि लाइनमा बस्न प्रचण्ड–माधवलाई राजनीतिक नैतिकताले नदिने बस्नतेको भनाइ छ ।

बस्नेतले पहिचान गुमाएका प्रचण्ड–माधवको पक्ष नलाग्न नेकपा सांसदलाई आग्रह गर्दै ओलीकै लाइनमा बस्न आग्रह गर्नुभयो । संसद खुलेपछि नेकपा ओली पक्ष झन् शसक्त भएर अगाडि बढ्ने बताउँदै उहाँले प्रचण्ड–माधवसँग अघि गुड्न गेयर नभएको बस्नतेले टिप्पणी गर्नुभयो ।माधव नेपाललाई आग्रह गर्दे बस्नेतले भन्नुभयो , ‘पूर्व एमालेको नामले तपाइँको पार्टीमा प्रशिक्षण दिन सक्नुहुन्छ भने, मदन अधिकारीले गरेकाका काम तपाइँको पार्टीमा भन्न सक्नुहुन्छ भने, मनमोहन अधिकारीको कार्यकर्ता भन्न सक्नुहुन्छ भने, यदि तपाईं अस्सली एमाले हो भने भन्न सक्नु हुन्छ भने । यो भन्दा कार्यकर्ताले जुत्ता नहानी कार्यकर्ताले समर्थन गरे भने उतै बस्नुस् होइन भने यता आउनुस् ।’
कार्यक्रममा युवा सङ्घका इञ्चार्ज बस्नेतले चितवन कमिटीका ५०१ लाई शपथ ग्रहण गराउनुभएको थियो। जिल्लामा सुशील केसीको संयोजकत्वमा युवा सङ्घ गठन गरिएको छ ।