जनता टाइम्स

१९ फाल्गुन २०७७, बुधबार २१:५८

लायन्स क्लबले सिन्धुपाल्चोकमा बनायो विद्यालयको ८ कोठे पक्की भवन


काठमाडौं, फागुन १९

लायन्स क्लब्स इन्टरनेस्नल फाउण्डेसन मल्टिपल ३२५ को सहयोग र लायन्स क्लब्स इन्टरनेस्नल डिस्ट्रीक्ट ३२५ बि १ अन्तर्गत लायन्स क्लब अफ काठमाडौं देउरालीको समन्वयमा सिन्धुपाल्चोकमा ८ कोठे विद्यालयको पक्की भवन बनाएको छ ।

सिन्धुपाल्चोकको नागपुजेस्थित बच्छलादेबि मा. बि. को ८ कोठे पक्कि भवन उद्घाटन तथा हस्तान्तरणको कार्यक्रम पास्ट इन्टरनेसनल डाइरेक्टर इ. लायन सन्जय खेतान ज्युको प्रमुख आतिथ्य मा सम्पन्न भएको थियो ।

प्रोजेक्ट चियरपर्सन पि एम सि सि लायन गिरधारी शर्मा भुषालको सभापतित्वमा भएको कार्यक्रममा एल सि आइ एफ एरीया लिडर, पि एम सि सि लायन बालकृष्ण बुर्लाकोटी, जि ए टी एरीय लिडर पि एम सि सि लायन खगेन्द्र सिटौला, मल्टिपल काउन्सिल चियरपर्सन लायन इन्द्र खत्री (राजन), बाह्रबिसे नगरपालिकाका मेयर निम फिन्जो शेर्पा, सिनियर ए ओ जि लायन मेघराज घिमिरे, क्लस्टर चिफ लायन माधब पाण्डे, रीजन चियरपर्सन लायन जनप्रकाश चापागाइ, जोन चियरपर्सनहरु लायन शम्भु बहादुर तिमिल्सीना, लायन गिता शर्मा चापागाइ, लायन राम प्रसाद पराजुली, देउरालीका क्लब अध्यक्ष लायन मधाब प्रसाद रिजाल, देउरली बुद्धल्यण्डका अध्यक्ष लायन दिनेश पौडेल तथा अन्य क्लब का पदाधिकारी बिशिष्ठ ब्यक्ति हरु को उपस्थिति थिए । कार्यक्रम लायन्स क्लब्स इन्टेरनेसनल डिस्ट्रीक्ट ३२५ बि १ का डिपर्टमेण्ट चिफ लायन रत्न पराजुली ले सन्चालन गरेका थिए ।