काठमाडौं, फागुन २० । प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर नेपाली कांग्रेसलाई सत्ता सुम्पने भारतको डिजाइनअनुसार पुष्पकमल दाहाल, प्रचण्ड र माधवकुमार नेपालले पार्टी बिभाजन गरेको खुलासा भएको छ ।
नेकपा बिभाजन गरी छुट्टै समुह बनाउनु भएका प्रचण्ड समुहका नेता माधव नेपालले नै प्रधानमन्त्री ओलीलाई हटाएर कांग्रेसलाई सत्ताको चावी सुम्पनकै लागि नेकपा बिभाजन गरेको तथ्य बाहिर ल्याउनु भएको हो । कान्तिपुर टेलिभिजनसँगको कुराकानीमा पूर्वप्रधानमन्त्री नेपालले यस्तो खुलासा गर्नुभएको छ ।
तपाईहरुलाई पनि आखिरमा देउवा नै चाहिने रहेछ भनेत आउने चुनावमा सोझै नेपाली कांग्रेसलाई दिए हुने रहेछ त भन्ने प्रश्नमा जवाफ दिँदै नेता नेपालले ओलीलाई हटाउन र कांग्रेसलाई सत्ताको चावी बुझाउनकै लागि आफूहरु कम्युनिष्ट बनेको बताउनु भयो । नेपालले भन्नुभयो, ‘कांग्रेसलाई सत्ता नबुझाएर अव हामी गर्ने के त ? हाम्रो अव हामी गर्ने के त ? अव हामी आत्महत्या गरेर मर्ने ? राजनीति छोडेर बैराग लिन ?’
नेपालको यो भनाईले प्रचण्ड–माधव समुह नेपालमा कम्युनिष्ट सकाउने खतरनाक डिजाइनमा रहेको तथ्यलाई पनि उजागर गरेको छ ।
हेर्नाेस भिडियो













प्रतिक्रिया दिनुहोस्