जनता टाइम्स

२० फाल्गुन २०७७, बिहीबार २१:१९

प्रधानमन्त्री ओलीले बोलाउनु भयो सिंगो नेकपाको संसदीय दलको बैठक, सबै सांसदलाई आउन एसएमएस


काठमाडौं, फागुन २०

प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगो नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलको बैठक आव्हान गर्नुभएको छ । फागुन २३ गते प्रतिनिधिसभा बैठक बस्ने भएपछि त्यसअघि अघिल्लो दिन शनिवार बैठक बोलाउनु भएको हो ।

बैठकमा आउन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाललागयत सबै सांसदहरूलाई ‘एसएमएस’ पठाएको छ । नेकपाले विगत तीन वर्षदेखी नै संसदीय दलको बैठकमा बोलाउन सांसदहरूलाई एसएमएस पठाउने गरेको छ । सोही कार्यलाई यसपटक पनि निरन्तरता दिइएको हो ।

प्रमुख सचेतक विशाल भट्टराईले प्रचण्डसहित सबै सांसदहरूलाई २२ गते संसदीय दलको बैठकमा उपस्थित हुन म्यासेज पठाइएको जानकारी दिनुभयो । भट्टराईलाई ओलीले प्रमुख सचेतकको जिम्मेवारी दिए पनि सभामुख अग्नि सापकोटाले अहिलेसम्म भट्टराईलाई भेट्न समय दिनु भएको छैन ।

उहा प्रचण्ड–नेपाल समुहका लाई आधिकारिक मान्ने पक्षमा रहनु भएका उहाँ निकटहरु बताउछन् । तर, संसद सचिवालयले भने ओलीलाई नै दलको नेताका रुपमा कानुनले चिन्ने बताउदै आएका छन् ।