जनता टाइम्स

२१ फाल्गुन २०७७, शुक्रबार १२:४६

विप्लव दुई वर्षपछि काठमाडौंमा, दुई बजे राष्ट्रिय सभागृहमा आउने


काठमाडौं, फागुन २१

दुई वर्षदेखी भूमिगत रहनु भएका नेत्रविक्रम चन्द ‘विप्लव’ काठमाडौं आइपुग्नु भएको छ । उहा आज विहान नवलपरासीमा सार्वजनिक भएपछि निजी नम्वर प्लेटको गाडीबाट काठमाडौं आउनु भएको थियो ।

उहा मध्यान्ह १२ बजेपछि काठमाडौं आइपुग्नु भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जानकारी दिएको छ । उहालाई प्रहरीले नै सुरक्षा दिएर राजधानी ल्याएको थियो । ‘विप्लव करिव १२ बजेतिर काठमाडौं आइपुगिसक्नुभएको छ, उहाँ सभागृह जानुअघि बीचमा केहीबेर आराम गर्ने कार्यक्रम रहेको छ,’ प्रहरीका एक उच्च अधिकारीले भने ।

दुई बजेपछि राष्ट्रिय सभा गृहमा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले साझा मञ्चबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।