जनता टाइम्स

२१ फाल्गुन २०७७, शुक्रबार १५:१०

यस्तो छ सरकार र विप्लव समुहबीचको तीन बुँदा


काठमाडौं, फागुन २१

सरकार र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहबीच तीन बुँदे सहमति सार्वजनिक भएको छ । राष्ट्रिय सभागृहमा भईरहेको कार्यक्रममा सरकारी वार्ता टोलीका सदस्य डा. राजन भट्टराईले सार्वजनिक गर्नुभएको हो ।

उहाले सार्वजनिक गर्नुभएको सहमतिपत्रमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र विप्लव समूहका तर्फबाट खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गर्नुभयो । सहमतिको पहिलो बुँदामा दुवै पक्ष देशका राजनीतिक समस्या वार्ता र संवादबाट समाधान गर्न सहमत भएको उल्लेख छ ।

दोस्रो बुँदामा नेकपाले आफ्ना सबै राजनीतक क्रियाकलाप शान्तिपूर्णरुपमा सञ्चालन गर्ने र तेस्रो बुँदामा विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने, कारागारमा रहेका कार्यकर्ताको रिहाइ गर्ने र सम्पुर्ण मुद्दा खारेज गरिने उल्लेख छ ।