जनता टाइम्स

२१ फाल्गुन २०७७, शुक्रबार १७:४९

किन टिक्दैनन माधव नेपालको सुरक्षामा खटाइएका सुरक्षाकर्मी ?


काठमाडौं, फागुन २१ । प्रचण्ड नेतृत्वको नेकपामा समाहित हुनुभएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको निवासमा सुरक्षाकर्मीहरु जानै नचाहने र गइसकेका पनि बस्नै नचाहने गरेको तथ्य बाहिर आएको छ । सशस्त्र प्रहरीदेखि नेपाल प्रहरीसम्मका सुरक्षाकर्मीहरु माधव नेपाल र उहाँकी पत्नी गायत्री नेपालको हप्की र आमाचकारी गालीको सामना गर्नुपर्ने भन्दै बस्न नचाहने गरेको पाइएको हो ।

पूर्वप्रधानमन्त्री नेपालको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी र निवासमा रहने सुरक्षाकर्मीले हरेक दिन अपमानित हुनपर्ने भएको भन्दै बस्न नचाहने गरेको सशस्त्र प्रहरीका एक अधिकृतले जनताटाइम्सलाई बताए । ‘माधव नेपालले हप्काउने र उहाँको म्याडमले आमाचकारी गाली गर्ने गर्नुहुँदो रहेछ, कोही जानै मान्दैनन, पठाइएकाहरु पनि बस्नै मान्दैनन,’ सशस्त्रका एक अधिकृतले जनताटाइम्ससँग भने ।

प्रहरी अधिकारीहरुका अनुसार केही बर्षअघि नेता नेपालको सुरक्षाको कमाण्ड सम्हालेका सशस्त्र प्रहरीका इन्सपेक्टर आफ्नो हाकिमलाई जानकारी गराएर नेपालको निवासमा रहेका सवै सुरक्षाकर्मी लिएर भक्तपुर गण फर्किएका थिए । गणका प्रमुखले आफूले तत्कालै अर्काे टोली पठाउने भन्दै केही समय निवासमा रहन निर्देशन दिएपनि ती इन्सपेक्टरले बरु जागिर जावस, एक सेकेण्ड बस्दिन भनेर टोली लिएर हिडेपछि जडिबुटीमा दुई टोलीबीच भेट भएको जानकारीसमेत ती अधिकृतले दिए ।

सो टोली नेपालको निवास छाडेर जानुको कारण उहाँ र उहाँकी पत्नीको आमाचकारी गाली रहेको थियो । माधव सर पटक पटक अपमान सहिन्न भन्नु हुन्छ तर सुरक्षाका लागि आएकाहरुको अपमान सधै हुन्छ, उहाँको म्याडमले त आमाचकारी नै गर्नुुहुन्छ, उहाँको गाली सहन नसकेर धेरैले निवास छाडेर हिडेको र जानै नचाहेको घटना छन,’ नेपालको सुरक्षामा खटिसकेका एक सुरक्षाकर्मीले जनताटाइम्ससँग भने ।