जनता टाइम्स

२२ फाल्गुन २०७७, शनिबार ०९:१२

ओली सरकारले गर्यो ऐतिहासिक तीन काम, जो कुनै सरकारले गर्न सकेका थिएनन


काठमाडौं, फागुन २२ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले तीन ओटा ऐतिहासिक काम गरी आफूलाई सवै भन्दा अब्बल प्रमाणित गरेको छ । सरकारको नेतृत्व लिएको तीन बर्ष पूरा हुँदा ओली सरकारले तीन ऐतिहासिक काम गर्दै आफूलाई अन्य सरकारको तुलनामा निकै अब्बल सावित गरेको हो ।

प्रधानमन्त्री ओलीले बिखण्डनको नारा दिएको सिके राउत समुहलाई मुलधारमा ल्याउनु भयो भने हिजो फागुन २१ गते सुखानी स्मृतिको दिन नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपालाई शान्तिपुर्ण राजनीतिमा ल्याउन सफल हुनुभयो । सिके राउत र बिप्लवसँग सहमति भएसँगै नेपालमा अव हिंसात्मक गतिबिधि संभव छैन, आवश्यक छैन भन्ने प्रमाणित भएको छ । प्रधानमन्त्री ओलीको यो काम ऐतिहासिक छ ।

यस्तै प्रधानमन्त्री ओलीले नै लामो समयदेखि भारतले हडपेको कालापानी, लिपुलेक र लिम्पयाधुरासहितको नेपाली भूभाग समेटेर नक्सा जारी गर्नुका साथै संबिधानमा समेटनु भयो । यी काम अरु कुनै पनि प्रधानमन्त्रीबाट संभव थिएन भन्ने कुरा तथ्यले प्रमाणित गरिसकेको छ । यस्तै लामो समयदेखि काठमाडौंवासीका सपना मेलम्चीको पानी पनि आजैबाट काठमाडौंमा आइपुग्ने भएको छ ।

प्रधानमंत्री केपी शर्मा ओलीद्वारा चालिएका यी ३ कदम, जो इतिहासमा अविस्मरणीय रहनेछन :

१. डा. सिके राउतसंगको सहमतिपछि पृथकतावादी अभियानको अन्त्य

२. कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटिएको राजनीतिक नक्सा प्रकाशन

३. विप्लव नेतृत्वको नेकपासंग ऐतिहासिक संझौता, मुलुक शान्तिपूर्ण युगमा प्रवेश