जनता टाइम्स

२२ फाल्गुन २०७७, शनिबार १०:५१

प्रधानमन्त्रीको दौडमा आफु नरहेको देउवाको खुलासा


काठमाडौं, फागुन २२

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पार्नुभएको छ । पछिल्लो समय कांग्रेसभित्रै सरकारमा जान नहुने पक्ष बलियो बनिरहेका बेला शनिवार विहान उहाले आफु प्रधानमन्त्रीको दौडमा नरहेको खुलाउनु भएको हो ।

यद्यपी उहाले सही समयमा कांग्रेसले सहि निर्णय गर्ने भने स्पष्ट पार्नुभयो । त्यो निर्णय के हो ? भनेर उहाले खुलाउनु भएन् । शनिबार आफ्नै निवासमा आयोजित एक कार्यक्रममा देउवाले प्रमुख प्रतिपक्षी दलको नेता जहिले पनि वेटिङ प्रधानमन्त्री भएपनि आफू भने प्रधानमन्त्रीको रेसमा नभएको बताउनु भयो ।

‘हेर्नुस्, प्रमुख प्रतिपक्षी दलको नेता भनेको वेटिङ प्राइममिनिष्टर हो, तर म यो दौडमा छैन,’ उहाले भन्नुभयो । नेकपाभित्रको आन्तरिक किचलोमा आफूले फस्न नचाहेको उहाको भनाई छ । ‘यो उनीहरुको आन्तरिक कुरा हो, हामीले त्यसमा पक्ष विपक्षमा उभिदैनौं’ देउवाले भन्नुभयो, ‘संसदमा उनीहरु कसरी प्रस्तुत हुन्छन्, कांग्रेसले त्यही बेला उपयुक्त निर्णय गर्छ ।’