जनता टाइम्स

२२ फाल्गुन २०७७, शनिबार ११:५१

‘सरकारका यी १९ असाधारण कामपछि घेराबन्दीमा पारियो’


काठमाडौं, फागुन २२

लुम्बिनी प्रदेशका मुख्यमन्त्री एंव कांग्रेस नेता शंकर पोखरेलले केपी शर्मा ओली सरकारले राष्ट्रको जीवनमा असाधारण र दुरगामी महत्वका ऐतिहासिक काम गरेको तथ्यसहित राख्नु भएको छ । उहाले सरकार गरेका कतिपय काममध्ये १९ वटा काम राष्ट्रको जीवनमा असाधारण र दुरगामी महत्वका रहेको बताउनु भएको हो ।

यस्ता छन् उहाले राख्नु भएका काम

प्रधानमन्त्री केपी शर्मा ओलीका यी कामहरु राष्ट्रको जीवनमा असाधारण र दुरगामी महत्वका छन्ः
– विश्वास गुमेको अवस्थामा संविधानसभावाट नयाँ संविधानको निर्माण,
– जातिय क्षेत्रिय अतिवाद र विखण्डनवादको वैचारिक रुपमा सामना,
– भारतिय नाकावन्दीको सामना र सफलता,
– चिनसंगको ऐतिहासिक पारवान संझौतावाट भविष्यमा नाकावन्दी नहुने परिस्थितिको निर्माण,
– नेकपा(एमाले)को नेता भएपछि पार्टीको लोकपृयतामा वृद्धि,
– सफल चुनावी गठवन्धन र ऐतिहासिक पार्टी एकताको नेतृत्व,
– भारत र चिनसंगको सम्वन्धलाई नयाँ आयाम दिने प्रयास,
– अन्तर्राष्ट्रिय स्तरमा नेपालको आवाज सुनिने अवस्थाको सिर्जना,
– सन् १९५०को असमान सन्धीको पुनरावलोकनमा सैद्धान्तिक सहमती,
– पूर्वधार विकासमा तिव्रता,
– रणनीतिक विकास आयोजनाहरु(रेलमार्ग, जलमार्ग,हवाई यातायात, सुरुङमार्ग, उत्तरदक्षिण करिडोर, खानी अन्वेषण र उत्खननको तयारी आदी) को थालनी,
– सामाजिक सुरक्षामा नयाँ आयाम योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम,
– विल्लव र सिके राउतसंगको ऐतिहासिक शान्तिवार्ताको नेतृत्व,
– छोटो समयमा नयाँ संविधानको सफल कार्यान्वयन र आम स्विकारोक्तिको निर्माण,
– तराई मधेसको विकासमा तिव्रता,
– प्राविधिक शिक्षामा जोड र विद्यार्थी भर्ना दरमा उल्लेख्य वृद्धि,
– सडक मानवरहीत अभियानको नेतृत्व,
– स्वास्थ पुर्वाधार विकासमा क्रान्ति,
– कोभिड १९ महामारीको सफलतापूर्वक सामना आदी ।
तर पनि यतिवेला उहाँ चौतर्फी घेरावन्दीमा हुनुहुन्छ । पार्टी एकता संकटग्रस्त बनेको छ । राष्ट्रिय राजनीति पुनः अस्थिर र अन्योलग्रस्त वनाईदैछ । सबैपक्ष गंभीर र जिम्मेवार बनौ ।