जनता टाइम्स

२२ फाल्गुन २०७७, शनिबार १६:२४

झपट रावलको थप प्रष्टिकरण : माया दिदीसहित ५–७ जना सांसदहरु चिया खाएर आफ्नो घर लागेका हौं


काठमाडौं, फागुन २२ । नेकपा प्रचण्ड–माधव समुहका सांसद झपट रावलले पाँच जना सांसदसँग शुक्रवार संसदीय दलको बैठकपछि कुनैपनि सांसदसँग सम्पर्क नभएको बताउनु भएको छ । जनताटाइम्सले पाँच जना सांसदलाई युवा नेतासमेत रहनुभएका सांसद रावलको हेरचाहमा रहेको समाचार प्रकाशित भएपछि शुक्रवारबाट कसैसँग पनि आफ्नो सम्पर्क नभएको प्रष्टिकरण दिनुभएको हो ।

‘समाचारमा भनेजस्तो होइन, हाम्रो संसदीय दलको बैठक सकेपछि माया ज्ञवाली दिदी, निरा जैरुसहितका पाँच–सात जना बसेर चिया खाजा खाएको हो, त्यहाँ निरा जैरु, लक्ष्मी चौधरीलगायत ६÷७ जना सांसदहरु थियौं, समाचारमा आएजस्तो समिना हुसेन र चाँद तारा हुनुहुन्न थियो,’ रावलले भन्नुभयो । नेता रावलले आफूले कुनै पनि सांसदको निगरानी नगरेको र कतै नराखेको र सवै सांसदहरु घरमै गएको रावलले बताउनु भयो ।

‘हामी मसँग चियाँ खाएको हो, त्यसपछि उहाँहरु घर जाने भनेर जानुभएको हो, कहाँ जानु भयो ? मलाई थाह छैन,’ रावलले भन्नुभयो । यसअघि जनताटाइम्सले समाचार प्रकाशन गर्नुअघि प्रश्न गर्दा नेता रावलले पार्टी एकतामा लाग्नुपर्ने र सांसदको घरघर गएर छन कि छैनन भनेर हेरेर समस्या समाधान नहुने बताउनु भएको थियो ।

जनताटाइम्समा प्रकाशित समाचारलाई लिएर सांसद गंगा सत्गौवा चौधरीले पनि आपत्ति जनाउनु भयो । तर उहाँले समाचार भन्दा पनि हेडलाइन गलत भयो, सच्याउनोस भन्नुभयो ।