जनता टाइम्स

२२ फाल्गुन २०७७, शनिबार १६:४६

ओलीले बोलाएको संसदीय दलको बैठकमा उपस्थित भए ११५ सांसद : ९१ प्रतिनिधिसभा, २४ राष्ट्रियसभा


काठमाडौं, फागुन २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बोलाउनु भएको संसदीय दलको बैठकमा १ सय १५ जना सांसद उपस्थित भएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको दलको बैठकमा १ सय १५ जना सांसद उपस्थित भएका हुन ।

बैठकपछि नेकपा राष्ट्रियसभाका प्रमुख सचेतक खीमलाल भट्टराईले सांसदहरुको उल्लेख्य उपस्थितिसँगै बैठक उत्साहपुर्ण ढंगले सम्पन्न भएको बताउनु भयो । ‘बैठकमा १ सय १५ जना सांसद सहभागी हुनुभयो, जसमा २४ जना राष्ट्रियसभा सदस्य उपस्थित हुनुभको छ, ९१ जना प्रतिनिधिसभा सदस्य उपस्थित हुनुभयो, केही अहिले पनि आउँदै पनि हुनुहुन्छ,’ भट्टराईले भन्नुभयो ।

बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका दलका नेता ओलीले भोलिसम्म सांसदको संख्या १ सय ३० कटने जानकारी दिनुभएको भट्टराईले बताउनु भयो ।