जनता टाइम्स

२२ फाल्गुन २०७७, शनिबार १८:०९

ओली सरकारको कामको परिणाम : मुस्कुराउँदै काठमाडौं आइपुग्यो मेलम्चीको पानी


काठमाडौं, फागुन २२ । काठमाडौं उपत्यकाकावासीको लामो समयदेखिको सपना आजबाट पूरा भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकावासीलाई मेलम्चीको पानी खुवाउने बिशेष योजनासहित कामलाई तीब्रता दिनुभएको परिणाम स्वरुप आज मेलम्चीको पानी मुस्कुराउँदै काठमाडौंको सुन्दरीजल आइपुगेको छ ।

मेलम्चीबाट १२ दिनअघि सुरुङमा पानी हालिएको थियो । सो पानी आज सुन्दरीजल आइपुगेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बटन दवाएर केहीवेरअघि सुन्दरीजलमा जलप्रवाह सुभारम्भ गर्नुभएसँगै उपत्यकावासीको मेलम्ची सपना पूरा भएको हो । मेलम्चीको पानी काठमाडौं आगमनसँगै खानेपानीको इतिहासमा एउटा स्वर्णिम युग प्रारम्भ भएको छ ।