जनता टाइम्स

२२ फाल्गुन २०७७, शनिबार १९:१२

केपी ओलीले सार्थक तुल्याएको मेलम्ची : कृष्णदेखी केपीसम्मको क्यामेस्ट्री


काठमाडौं, फागुन २२

‘मेलम्ची पानी, सम्झिने नानी, ट्याङ्करको पानी मजाले खानी…’, काठमाडौं उपत्यकामा वितरण हुने खानेपानीको ट्याङ्करमा लेखिएको सायरी हो यो । यसले नै मेलम्ची आयोजना र राजधानीको वस्तुस्थितिको झल्को दिन्थ्यो । कि यो आयोजना कस्तो छ भनेर । तर, अहिले परिस्थिति बदलिएको छ ।

‘मेलम्चीको पानी सुन्दरीजलमा हेर्न जानी, धारामा आउँछ मजाले खाने’ अब यस्तो अवस्थाको शुरुवात भएको छ । वि.स. २०५१ को मध्यावधि निर्वाचनमा काठमाडौंबाट उम्मेदवार दिनु भएका पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले चुनाव जिते ‘काठमाडौंको सडक मेलम्चीको पानीले पखालिदिने’ भनी वाचा गर्नुभएको थियो । त्यसलाई मजाकको रुपमा लिइएको थियो । मजाक नै भएपनि त्यसभित्र उपत्यकाबासीलाई पानी खुवाउने महत्वकांक्षी योजना लुकेको थियो ।

मेलम्ची आयोजना विसं २०५८\५९ मा सुरु गर्दा २०६४\६५ भित्र सम्पन्न गर्ने लक्ष्य थियो । तर, २०७४\७५ मा पुग्दा पनि यो कहिले बनिसक्छ भनेर अन्यौलता र अनिश्चिता थियो । पटक पटक समयसीमा तोकिने र त्यसको पालना नहुने श्रृखलाबद्ध घटनाक्रमले त्यसयता मेलम्ची एउटा राष्ट्रिय चुट्किला नै बनिरह्यो । २०७४ फागुन ३ गते केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री बनेर आएपछि खानेपानी मन्त्रीको जिम्मा प्रचण्ड बुहारी बिना मगरले सम्हालिन् ।

उहाले पटक पटक मेलम्ची काठमाडौं आउने भाका सारिरहनु भयो । प्रधानमन्त्री ओलीलाई संसद र विभिन्न कार्यक्रमबाट उहाले नै भाका सार्वजनिक गर्न पनि लगाउनु भयो । तर, कहिले पुरा भएन । भाका पुरा हुनु त कता हो कता सुरुङको ढोका नै उल्टो फिट गरेको समेत विभागिय मन्त्रीले पत्तो समेत पाउनु भएन । त्यसअघि इटालीयन कम्पनी समेत भाग्यो । सचिवको सरुवापछि मन्त्री नै भ्रष्ट्रचार र अनियमिततामा संलग्न भएका विषयहरु पनि बाहिर आए । हतार हतारमा सुरुङमा पानी परिक्षण गर्दा दुई जनाको ज्यान समेत गयो ।

पटक पटक भाका सार्दै लगेपछि प्रधानमन्त्री ओलीले नै प्रधानमन्त्री कार्यालय मातहत राष्ट्रिय गौरवका आयोजनाको निरिक्षण गर्न एउटा टोली नै खटाउनु भयो । सो टोलीले मेलम्चीमा गएर पटक पटक निरिक्षण गर्यो । त्यसैक्रममा मन्त्री मगरले राजिनामा दिनुभयो । त्यसपछि सरकारले भाका नतोकि काम मात्रै गरिरह्यो । अथक मेहनत र लगनशिल भए काम सम्पन्न गर्न सकिन्छ भन्ने परिणाम सरकारले देखाएको छ ।

शनिवार साँझ पौन ६ बजेतिर पहिलो पटक मेलम्चीको पानी काठमाडौं उपत्यकामा झरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्विच अन गरेपछि पानी सुन्दरीजलबाट बागमतिमा झारिएको छ । गत फागुन १० गते परीक्षणका लागि सुरुङमा हालिएको पानी आज सुन्दरीजल आइपुगेको हो । सुन्दरीजलमा रहेका दुईवटा पानी प्रशोधन केन्द्रमा पानी खसालेर वितरण प्रणालीमा जोडिनेछ ।