जनता टाइम्स

२३ फाल्गुन २०७७, आईतवार ११:४५

आफुलाई दलको नेताका रुपमा संसदमा बोलाउन सभामुखलाई प्रचण्डको दबाव


काठमाडौं, फागुन २३

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा आफुलाई दलको नेताका रुपमा बोलाउन दबाव दिएका छन् ।

कानुनी रुपमा संसद सचिवालयले प्रचण्डलाई दलको नेता मान्न अस्विकार गरिसकेको छ । त्यस्तो अवस्थामा प्रचण्ड–माधवकुमार नेपालले सभामुख अग्नी सापकोटालाई भेटेर आफ्नो रणनीति बनाएका हुन् ।

सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा पुगेका दुवै नेताले भेटबारेमा भने केही खुलाएका छैनन् । सभामुखले पनि भेटका विषयमा कुनै जानकारी गराउनु भएको छैन । नेकपा दाहाल(नेपाल समूहको संसदीय दलको आन्तरिक बैठकपछि सभामुखलाई भेटेका हुन् ।

नेकपाको दलको नेता प्रधानमन्त्री केपी शर्मा ओली रहनु भएको छ । ओली पक्षले सभामुख कानुन विपरित गए संसद बैठक अवरुद्ध पार्ने चेतावनी दिइसकेको छ । प्रतिनिधिसभाको सातौं हिउँदे अधिवेशन आज अपरान्ह ४ बजे बस्दैछ ।