जनता टाइम्स

२३ फाल्गुन २०७७, आईतवार १४:५२

संसद सचिवालयले प्रचण्ड-माधव पक्षको सूचना दर्ता गर्न गरेन


काठमाडौं, २३ फागुन । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर प्रचण्डलाई चयन गरिएको भन्ने प्रचण्ड–माधव पक्षको सूचनालाई संघीय संसद सचिवालयले दर्ता गर्न अश्वीकार गरेको छ ।

दलको बैठकलगत्तै बहुमत सांसदको हस्ताक्षर रहेको दाबीसहित प्रचण्ड माधव नेपालसहितका नेताहरु संसद सचिवालयमा सो जानकारी दर्ता गराउन संसदका महासचिवसमक्ष जानुभएको थियो ।

महासचिव भरतराज गौतमले कानून र ऐन तथा सम्बन्धित दलको विधान समेत बुझेर आवश्यक कारबाही अघि बढाउने बताएपछि ठूलो स्वरमा चर्काचर्की परेको छ । नेताहरुले आफूहरु वैधानिक भएको भन्दै मान्यता दिनुपर्ने बताएका छन् ।

स्रोतका अनुसार निवेदन दर्ता नभई आफूहरू बाहिर ननिस्कने भनेर नेताहरुले दबाब दिए पनि महासचिव गौतमले भने परामर्श गरेर निकास दिने बताएका कारण प्रचण्ड माधव पक्षका नेताहरु आक्रोशित बनेका छन् ।