जनता टाइम्स

२३ फाल्गुन २०७७, आईतवार १५:००

ऋषि कट्टेलले जिते मुद्दा, ओली-प्रचण्डको नेकपा खारेज


काठमाडौं, फागुन २३

सर्वोच्च अदालतले ओली-प्रचण्डको नेपाल कम्युनिष्‍ट पार्टी (नेकपा) खारेज गरेको छ । अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिएको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता कट्टेललाई दिएको हो ।

यो फैसलासँगै अब केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ ।