जनता टाइम्स

२३ फाल्गुन २०७७, आईतवार १५:२७

सर्वाेच्चको फैसलासँगै ब्यूँतियो एमाले र माओवादी केन्द्र


काठमाडौं, फागुन २३ । सर्वाेच्च अदालतले नेकपाको बिवादको अन्तिम टुंगो लगाउँदै ऋषि कट्टेललाई आधिकारिकता दिएसँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक रुपमा खारेज भएको छ ।

सर्वाेच्चले आज नेकपा बिवादमा अन्तिम फैसला सुनाउँदै कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिई प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्ड नेतृत्वको नेकपालाई खारेज गरेको हो । अदालतको यो निर्णयसँगै पूर्ववत दुई पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रको अवस्थामा मुलुक पुगेको हो ।

कानूनविद रमेश बडालले जनताटाइम्सलाई दिनुभएको जानकारीअनुसार अदालतको यो आदेशसँगै नेकपाको अवस्था पार्टी एकता भई नामको टुंगो नलागेको अवस्थामा पुगेको छ । यो भनेको तात्कालिन दुई दल केपी ओली अध्यक्ष रहनुभएको नेकपा एमाले र प्रचण्ड अध्यक्ष रहनुभएको नेकपा माओवादी केन्द्र हो ।

‘दुवै पार्टीका अध्यक्षले तात्कालिन पार्टी बिघटन गरी नेकपा गठन गर्नुभएको हो, अव पार्टी नै खारेज भएपछि पूर्ववत अवस्थामा फर्कियो, त्यो भनेको नेकपा एमाले र नेकपा माओवादी केन्द्र नै हो,’ कानूनविद बडालले जनताटाइम्ससँग भन्नुभयो ।