काठमाडौं, फागुन २३
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सर्वोच्चको फैसलाले नेकपाको जारी विवादलाई सकारात्मक ढंगले समाधान गर्न मद्दत पुगेको प्रतिक्रिया दिनुभएको छ । सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिएर एमाले र माओवादी ब्युँताइदिएलगत्तै साबिक एमालेले यसलाई स्वागत गरेको हो ।
केपी ओली नेतृत्वको नेकपाका प्रवक्ता समेत रहनुभएको ज्ञवालीले जनताटाइम्ससँग कुरा गर्दै भन्नुभयो,‘फैसलाले हामीलाई २०७५ जेठ ३ अघिको अवस्थामा फर्काएको छ । अब एकता गर्ने भए नयाँ आधारबाट, नयाँ ढंगबाट शुरू हुनुपर्छ । पुरानो एकताले कम्युनिष्ट आन्दोलन अघि बढेन अबको यस फैसलाले सकारात्मक निकास दिएको छ ।’ उहाँले थप्नुभयो,‘अब एकता गर्ने हो भने राजनीतिक, वैचारिक, संगठनात्मक र नेतृत्वका सबै विषयमा नयाँ ढंगले छलफल गर्नुपर्छ ।’













प्रतिक्रिया दिनुहोस्